मर्जरका लागि उपयुक्त संस्था खोज्दै सिभिल बैंक : पहिलेका सबै प्रयास असफल

लोकपथ
0
Shares

काठमाडौं । सिभिल बैंकले मर्जरका लागि उपयुक्त वित्तीय संस्थाकोखावी गरिरहेको छ । सिभिलले यसअघि मर्जरका लागि गरिएका प्रयासहरु असफल भएपछि पुनःमर्जरका लागि जोडि खोज्न थालेको हो ।

बैंकले दशौं वार्षिक साधारण सभा गर्दै मर्जरमा जाने प्रस्ताव पारित गरेको हो । यसअघि सिभिलको हिमालय बैंकसँग मर्जरमा जाने विषयमा सिइओ स्तरमा छलफल भएको थियो । तर यिनीहरुको कुरा संचालक समितिसम्म नपुगेपछि मर्जरका लागि थप छलफल हुनै पाएन । एकताका सिभिलको नेपाल बैंकसँग पनि मर्जरमा जाने हल्ला थियो । तर त्यो पनि सफल हुन सकेन । त्यसैले अहिले साधारणसभा मार्फत मर्जरमा जाने प्रस्ताव अघि सारेको हो ।

बैंकले आज (आइतवार ) दशौँ वार्षिक साधारणसभा सम्पन्न गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई ८ प्रतिशतका दरले बोनश शेयर र बोनस शेयरको कर प्रयोजनका लागि ०.४२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । बैंकले ६४ करोड २ लाख ७१ हजार रुपैँया बोनश शेयर तथा करसहित ३ करोड ३६ लाख ९८ हजार नगद लाभांश वितरण गर्ने जनाएको छ ।

हाल बैंकको चुक्ता पूँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । बोनस वितरणपछि बैंकको चुक्ता पूँजी ८ अर्ब ६४ करोड ३६ लाख पुग्ने बैंकले जनाएको छ । साथै बैंकले स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौता गर्ने प्रस्ताव पनि साधारणसभामा लगेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?