६ ठूला औद्योगिक क्षेत्रको निर्माण हुँदै, आज प्रधानमन्त्री ओलीले दैजी–छेलाको शिलान्यास गर्ने

लोकपथ
0
Shares

काठमाडौं – सरकारले ६ वटा ठूला औद्योगिक क्षेत्रको निर्माण आज सोमवार बाट शुरू गर्ने भएको छ । यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको दैजी–छेलाको शिलान्यास आजै गर्दैछन् ।

कञ्चनपुरको दैजी–छेला, बाँकेको नौबस्ता, रुपन्देहीको मोतीपुर, मकवानपुरको मयूरधाप, चितवनको शक्तिखोर र झापाको दमकमा ठूला औद्योगिक क्षेत्र निर्माण शुरू हुन लागेको हो ।

औद्योगिक विकास लिमिटेडले दिएको जानकारी अनुसार प्रधानमन्त्री ओलीले आज सोमवार कञ्चनपुरको दैजी–छेला र फागुन १६ गते दमक औद्योगिक क्षेत्रको शिलान्यास गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच रुपन्देहीको मोतीपुर औद्योगिक क्षेत्रको अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी १३ फागुनमा र नौबस्ता औद्योगिक क्षेत्र र मयूरधाप औद्योगिक क्षेत्रको ११ फागुनमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले र मयूरधापको शिलान्यास १४ फागुनमा शिलान्यास गर्ने कार्यक्रम तय भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?