किम कार्डसियनले पति कान्येसँग सम्बन्धविच्छेदको लागि मुद्दा दर्ता गरिन्

लोकपथ
0
Shares

काठमाडौं । रियालिटी टीभी स्टार किम कार्डसियनले पति कान्ये वेस्टसँग सम्बन्धविच्छेदका लागि मुद्दा दर्ता गराएकी छिन् । लस एन्जलसस्थित सुपेरियर अदालतका क्लर्कले यो खबरलाई पुष्टि गरेको सीएनएनले जनाएको छ ।

समाचारमा किमले आफ्ना चार सन्तानलाई दुवैले राख्न पाउने र सम्पत्ति पनि बाँडफाँडबारे पनि कुरा उठाएको जनाइएको छ ।

Image result for किम कार्दशियन

सन् २००० मा एकअर्कासँग चिनाजानी भएको दुई वर्षपछि उनीहरूले प्रेमसम्बन्धमा भएको खबर सार्वजनिक गरेका थिए ।

सन् २०१४ मा इटालीमा भव्य रुपमा विवाह गरेका किम र कान्ये पछिल्लो लामो समयदेखि छुटिएर बसेका थिए।

Image result for किम कार्दशियन

Image result for किम कार्दशियनसर्जरी गरी बिछट्टै राम्रो फिगर बनाएका कारण उनी निकै चर्चामा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?