सामाजिक सञ्जाल फेसबुकले म्यान्मारको सेनाले सञ्चालन गरेको समाचार पेज हटाइदिएको छ । फेसबुकले ‘तत्मादअ टु समाचार सूचना पेज’ ले सञ्जाल प्रयोगकर्ताले पालना गर्नुपर्ने नियमहरु उलंघन गरेको भन्दै उक्त पेज आइतबार हटाइदिएको हो ।
बारम्बार हिंसाका लागि उक्साएको तथा सामाजिक हानी पुर्याएका कारण कम्पनीको विश्वप्यापी नीतिअनुसार सो पेज हटाइएको फेसबुकका प्रतिनिधिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रोयटर्सलाई उदृत गर्दै कान्तिपुरले खबर छापेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया