काठमाडौं । कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउन भएयता मोबाइलको प्रयोग निकै बृद्धि भएको देखिएको छ ।
चालू आर्थिक वर्षको पछिल्लो सात महिनाको तथ्यांकले यस्तो देखाएको हो । यस अवधि सम्ममा नेपालमा २४ अर्ब ६ करोड ८१ लाख ७० हजार रुपैयाँ बराबरका मोबाइल भित्रिएको देखिएको भन्सार विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा कुल ४३ लाख ६८ हजार ८७२ थान मोबाइल आयात भएको भन्सार विभागले जनाएको छ । यसबाट सरकारले ३ अर्ब ८० करोड ८९ लाख ७८ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । त्यस्तै,माघ महिनामा मात्रै ७ लाख ४ हजार २२४ थान मोबाइल नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ । जसका लागि ३ अर्ब ४३ करोड ७८ लाख ४८ हजार रुपैयाँ खर्च भएको छ । त्यसैगरी,चालु आर्थिक वर्षको सात महिनासम्म ६१ हजार ३९७ थान स्मार्ट वाच भित्रिएको भन्सार विभागले जनाएको छ । सो खरिदका लागि नेपालबाट १२ करोड ४१ लाख ७९ हजार रुपैयाँ नेपालबाट बाहिरिएको विभागले जनाएको छ ।
देश मोबाइल मूल्य
चीन ३६३२४०२ १५ अर्ब ३६ करोड ७५ लाख ८१ हजार
भारत ५४०९४४ ७ अर्ब ६० करोड ९२ लाख ९० हजार
भियतनाम १९०८७० ९० करोड १६ लाख १२ हजार
अन्य ४६५६ १८ करोड ९६ लाख ८५ हजार
जम्मा ४३६८८७२ २४ अर्ब ६ करोड ८१ लख ७० हजार
स्रोत : भन्सार विभाग
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया