काठमाडौं । मकवानपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ईन्द्रसरोबर गाउँपालिका-५ बस्ने ३२ वर्षीय निङमा लामालाई आइतवार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
ती किशोरीलाई गत मंसिर २९ गते राति लामाले उनकै घरमा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त भएपछि प्रहरी चौकी फाखेल मकवानपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया