काठमाडौं । काठमाडौंको म्हैपीबाट ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहना चोरी भएको छ ।
काठमाडौं महानरगपालिका-२६ म्हैपी देबुमार्ग डेरा गरी बस्ने तेह्रथुम नामलुङ नगरपालिका-४ घर भएका ४१ वर्षीय दुख बहादुर बुढाथोकीको कोठाबाट नगद ८० हजार रुपैयाँ तथा सुन र चाँदीका विभिन्न गहनासमेत गरी करिब ३ लाख ५८ हजार रुपैयाँ बराबरको धनमाल आइतवार दिउँसो चोरी भएको छ ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानिय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया