गोरखा घटना अपडेट : निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका

लोकपथ
0
Shares

काठमाडौं । गोरखामा एकै परिवारका तीन जना मृत फेला परेकाहरुको निसासिएर मृत्यु भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

घरको झ्यालहरु सबै बन्द भएको र राति सुत्दा आगो बालेर सुतेको कारण निसासिएर मृत्यु भएको हुन सक्ने गोरखाका प्रहरी प्रमुख एसपी सुरेन्द्र गुरुङले लोकपथलाई जानकारी दिए ।

‘मुख र नाकबाट र्‍याल आएको थियो । सबै झ्यालहरु बन्द रहेछन्,’ आगोको धुवाले निसासिएर उनीहरुको मृत्यु भएको हुनसक्छ एसपी गुरुङले भने ।

‘घटनाको प्रकृति हेर्दा कुनै पनि कर्तब्य होइन हामी थप अनुसन्धान गर्दै छौं ।’ उनले बताए । गोरखामा जिल्लाको बारपाक सुलिकोट गाउँपालिका वडा-१ धामी तोराङ भन्ने ठाउँका एकै परिवारका तीन जना मृत अवस्थामा फेला परेका छन्।

मृत भेटिनेमा ८४ वर्षीय टिलबहादुर गुरुङ, २२ वर्षीया आइतकुमारी गुरुङ (उनकी बुहारी) र टिलबहादुरकी नातिनी पर्ने १३ वर्षीया उषा गुरुङ रहेका छन् ।

अन्य दिनहरुमा झै खाना खाएर सुतेका उनीहरु बिहान मृत अवस्थामा फेला परेका हुन् । उनीहरु मृत भेटिएको थाहा पाउनसाथ छिमेकीहरुले प्रहरीमा खबर गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?