अवैध १० लाख भारुसहित नेपालतर्फ आइरहेका खान पक्राउ, के थियो योजना ?

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा अवैध १० लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ परेका छन् ।

नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चेक प्वाईन्टमा चेकजाँच गर्नेक्रममा १० लाख अवैध भारतीय रूपैयाँसहित भारत दिल्ली जफ्फारावाद बस्ने ५४ वर्षीय मुनवर खानलाई आइतवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

भन्सार सुरक्षा गार्ड नेपालगंज र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट जमुनाह बाँकेबाट खटिएको संयुक्त सुरक्षा टोलीले जाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ पैदल आइरहेका खानलाई २ हजार दरका नोट ३ थान र ५ सय दरका नोट १ हजार ९ सय ८८ थान गरी जम्मा १० लाख भारतीय रूपैयाँ सहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका खानले त्यो पैसा के का लागि ल्याएका भन्ने बारेमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?