बाँकेमा १५ वर्षीया किशोरीमाथि जबरजस्ती करणी

लोकपथ
0
Shares

काठमाडौं । बाँकेमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ बस्ने २२ बर्षीय सुरेश कुमाललाई गएराति प्रहरीले पक्राउ गरेको छ ।

कुमालले ती किशोरीलाई जबरजस्ती करणी गरेको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?