काठमाडौं । मानव शरिरको ठूलो हिस्सा पानीले ओगटेको कुरा आधुनिक विज्ञानले पुष्टि गरिसकेको छ । वयस्क व्यक्तिको शरिरको ६० प्रतिशत भाग पानीले बनेको छ, जसमा मस्तिष्क र मुटुमा ७३ प्रतिशत, फोक्सोमा ८३ प्रतिशत, छालामा ६४ प्रतिशत र मिर्गौलामा ७९ प्रतिशत पानी रहेको हुन्छ । यति धेरै पानीको मात्र रहेको हाम्रो शरिरलाई स्वस्थ राख्न कति पानी पिउनुपर्छ भन्ने कुरा धेरैलाई थाहा नहुन सक्छ ।
एउटा स्वस्थ व्यक्तिले २४ घण्टामा लगभग पाँच लिटर पानी पिउनुपर्छ । किनकी एक स्वस्थ व्यक्तिको शरीरबाट हरेक दिन लगभग दुई लिटर पानी पिसावबाट बाहिरिन्छ । लगभग एक लिटर पानी स्वासप्रस्वासको क्रममा बाफ भएर, एक लिटर पानी छालाबाट पसिना भएर र एक लिटर पानी दिशा गर्ने बाटो भएर बाहिरिन्छ ।
यसरी हिसाव गर्दा २४ घण्टामा लगभग पाँच लिटर पानी बाहिरिन्छ । यद्यपी मौसम र व्यक्तिको दैनिक क्रियाकलापले यसको मात्रामा केही थपघट हुनसक्छ ।
त्यसैले जति पानी बाहिर गयो त्यति नै पानी पिउन आवश्यक हुने चिकित्सकहरु बताउँछन् । अर्थात २४ घण्टाको अवधीमा एउटा स्वस्थ व्यक्तिले ५ लिटरको हाराहारीमा पानी पिउनुपर्छ ।
यहाँ बुझ्नु जरुरी छ कि पाँच लिटर पानी पिउनु भनेको सादा पानी मात्रै पिउनु भन्ने चाहि होइन । पानीसंगै हामीले खाने खानेकुराबाट पनि पानीको मात्रा शरीरमा गइरहेको हुन्छ । दूध, जुस, चिया, तरकारी, दाल आदि शरिरका लागि आवश्यक पानीका स्रोतहरु हुन् । त्यसैले यी सबै गरेर दिनमा पाँच लिटर जति पानी शरिरमा पुग्नुपर्छ ।
तर याद गर्नुस् यो मात्रा स्वस्थ व्यक्तिका लागि हो । यदि व्यक्तिमा रोग छ भने त्यो रोगको प्रकृति अनुसार पानी कम खानुपर्ने पनि हुनसक्छ । त्यसैले स्वास्थ्यमा केहि जटिलता हुने व्यक्तिले भने चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ । (एजेन्सीको सहयोगमा)
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया