काठमाडौं । काठमाडौं उपत्यकाका स्वास्थ्यकर्मीमध्ये आधामा कोरोना संक्रमण पुष्टी भएको पाइएको छ ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा काठमाडौंका २० अस्पतालमा गरीएको अनुसन्धानबाट कोरोना संक्रमण पुष्टी भएको पत्ता लागेको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदका अनुसार डिसेम्बर ३ देखि २५ सम्म २० अस्पतालमा पुगेर स्वास्थ्यकर्मीमा अत्याधुनिक सीएलआइए बेस्ट एन्टिबडी टेस्टमार्फत जाँच गर्दा कोभिड–१९ संक्रमण भएको पाइएको हो ।
नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गरेको पहिलो चरणको अध्ययनका क्रममा एन्टिबडीको परीक्षण गर्दा औसतमा मंसिरको पहिलो दुई हप्तासम्म ४५.३ प्रतिशतमा कोभिड–१९ रहेको देखिएको र अस्पतालको व्यापकता भने ३२.२ देखि ५७.२ प्रतिशत रहेको देखिएको जनाएको छ ।
पहिलो चरणको अनुसन्धानका लागि काठमाडौंका २० अस्पतालका ८ सय स्वास्थ्यकर्मीको नमुना लिइएको थियो । १८ प्रतिशत डाक्टर, ३६ प्रतिशत नर्समा, २२ प्रतिशत प्रशासनिक कर्मचारी, ७ प्रतिशत ल्याबका कर्मचारी, अन्य १७ प्रतिशत अस्पतालका कर्मचारीमा संक्रमण भएको अध्ययनका क्रममा पाइएको नेपाल स्वास्थ्य अनुसन्धान परिषदले जनाएको छ ।
परिषदले दोस्रो चरणको अनुसन्धान केही समय पछि थालिने पनि जनाएको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया