सुरक्षा परिषद्को बैठक सकियो, विप्लव समूहको प्रतिबन्धबारे के भयो छलफल ?

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्को बैठक सकिएको छ । रक्षा मन्त्रालयस्थित सुरक्षा परिषद्को सचिवालयमा मंगलवार बिहान बसेको बैठक केही बेरअघि सकिएको हो ।

बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गरिएको र विप्लव समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको एक उच्च अधिकारीले जानकारी दिए ।

प्रधानमन्त्री अध्यक्ष रहने सुरक्षा परषिद्मा रक्षामन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, अर्थमन्त्री, मुख्य सचवि र प्रधानसेनापति सदस्य रहने गरेका छन् । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?