अभिभावकको चिन्ता र प्रश्न : बालबालिकाको लागि पौष्टिक ‘टिफिन’ के हुनसक्ला ?

लोकपथ
0
Shares

काठमाडौं – धादिङकी अञ्जु सुवेदी सरस्वती पूजादेखि स्कुल पठाएकी आफ्नो छोरीलाई हरेक दिन स्वस्थ्य र उत्कृष्ट खाजा के हुनसक्छ भनेर सोचिरहेकी छिन् । किनकी हरेक दिन छोरी अध्ययनरत स्कुलमा पुगेर उनलाई खाजापानीको व्यवस्था गर्न पनि सम्भव छैन । तर सुवेदी आफ्नो छोरीको शारिरीक मानसिक बौद्धिक विकासमा सहयोग पुग्ने किसीमका खानेकुरा खुवाउन पाए हुन्थ्यो भनेर हरेक हप्ताको फरक फरक खानेकुराको लिस्टसहित एउटा स्केल तयार पारिरहेकी छिन् । शुरुमा त उनले आफ्नो छोरीभन्दा पहिला स्कुल पठाएका अभिभावकलाई सोधिन् , ”बच्चालाई खाजा के पठाउनुहुन्छ  ? उनी भन्छिन् , ‘म त जवाफ सुनेर हैरान भएँ ।’अधिकांश अभिभावकले अञ्जुलाई जवाफ दिए कि,  ‘एक पोको बिस्कुट र १० रुपैयाँ दाम ।’ ‘एक पोको चाउचाउ, २० रुपैयाँ’, ‘चट्पटे खान्छन् -कहिलेकाहिँ त ।’

यस्तो जवाफ सुनेपछि किन नआत्तिउन् सचेत अभिभावक ।

हुनपनि अधिकांश अभिभावक छोराछोरीको रुची हटाउन पनि सक्दैनन् तर उनीहरुको चार्ट हटाउन किचलो गर्नुपर्ने भएकोले उति सचेत पनि छैनन् ।

यो अहिलेका अभिभावकको सबैभन्दा ठूलो समस्या हो । किनकी बजारमा पाईने खानेकुराले बालबालिकाको शारिरीक तथा मानसिक स्वास्थ्यमा निकै असर पारिरहेको छ । यसबारे धेरै अभिभावक सचेत छन् तर एकातिर अहिले बालबालिका जंकफूडको लतमा फसेका छन् । अर्कोतिर स्कुलले बालबालिकाको लागि उचित खाजाको व्यवस्था कमै विद्यालयमा मात्रै गरेको छ । त्यसैले बालबालिका घरमा झगडा गरेर भएपनि एकपोको चाउचाउ, चिजबल्स, कुरकुरे, चकलेट, बिस्कुट खाजाको रुपमा टिफिनमा राखेर लैजान्छन् । घरको खाना खानु त उनिहरुको लागि सजाय बराबर भएको छ । यस्तो अवस्थामा बालबालिकालाई कसरी खुवाउन सकिन्छ स्वस्थ्यबद्र्धक खानेकुरा ?

पोषणविद् भन्छन् पहिलो कुरा त हरेक अभिभावकले यो कुरा बुझ्नुपर्छ कि बाल्यवस्थाबाट नै बच्चाको खानपान सही भयो र शरीरले चाहिनेजत्ति शक्ति प्राप्त गर्न पायो भने बच्चा जीवनभर स्वस्थ रहन्छ । अब प्रश्न आउँछ – त्यसो भए के खुवाउने त ?
बच्चालाई शरीरमा तागत दिने पोषणयुक्त/ भिटामिनयुक्त शक्तिबद्र्धक तर सन्तुलित खानेकुरा खुवाउनुपर्छ ।

अण्डा : आठ महिनापछिका हरेक बच्चालाई अण्डा दिन सकिन्छ । सकभर अण्डालाई उसिनेर खुवाएको राम्रो । फ्राई गरेर वा रोटीसाग पनि खुवाउन सकिन्छ । अण्डालाई पेनकेक बनाएर पनि खान दिन सकिन्छ । अण्डामा कोलेस्ट्रोलक निकै प्रचुर मात्रामा पाइने गर्दछ । एउटा अण्डामा लगभग २०० एमएलएस कोलेस्ट्रोल हुने गर्दछ । तर तपाईं दिनमा जति खानुहुन्छ त्यसमा पनि तपाईंले ३५० एमएलएस कोलेस्ट्रोल खाएकै हुनुहुनेछ । आफ्ना बालबालिकालाई उमेर अनुसार हरेक दिन सहि मात्रामा अण्डा खुवाउनुहोस्  । यसका अलावा :

आलु

घ्यू

मासु /पनिर

मटर

केरा

स्याउ
अनारका केही दाना

अंगुर

सखरखण्ड

पिडालु

नट्सहरु : बदाम, ओखर काजु किसमिस अल्मण्ड एक एक दाना हरेक दिन
चिज
एभोकाडो

कीवी

विभिन्न तरकारीलाई उसिनेर (ब्रोकाउनी, गाँजर, सागपात, भटसाम)  केही दाना, सिजनल तरकारी र फलफूल टिफिनको रुपमा पठाउनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?