काठमाडौं । पुर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता बाबुराम भट्टराईले संसद पुनर्स्थापनाले आफ्नो सम्पूर्ण रोग हराएझैं अनुभूत भएको बताएका छन् ।
भारतको नयाँदिल्लीमा पेटको समस्याबाट उपचाररत भट्टराईले ट्वीट गर्दै भनेका छन्, “हिन्दू मिथकको भष्मासुरलाई बिष्णुले मोहिनी रूप धारण गरेर वध गरे झैं सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको खबर सुन्दा रोगै हराए झैं भो !”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया