काठमाडौं । प्रतिनिधिसभा विघटनलाई बदर गरेको सर्वोच्च अदालतको फैसला आएसँगै नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पनि नेपालमा अदालतमाथिको विश्वास थप बढेको बताएका छन् । नेता पौडेलले यो निर्णयसँगै अदालतको विश्वास र गरीमा थप बढेको बताएका हुन् ।
‘देशको संविधान थप समृद्ध भएको छ,’ लोकपथको प्रतिक्रियामा उनले भने, ‘यसले अहंकार बोकेको शासकलाई संविधानको पाठ पढाएको छ ।’
यो फैसला आएसँगै पौडेलले देशमा संविधान भएको र सुदृढ लोकतन्त्रका लागि यसलाई ठूलो उपलब्धिका रुपमा हेर्नु पर्ने बताएका छन् ।
‘अब भविष्यमा पनि शासकहरु निरंकुश बन्नेतिर जाने आँट गर्ने छैनन्,’ पौडेलले भने, ‘सर्वोच्च अदालत र न्यायमूर्तिलाई सलाम छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया