काठमाडौं । सर्वोच्चको निर्णयसँग नेपाल कम्युनिस्ट पार्टी (नेकपा) (प्रचण्ड माधव पक्ष) का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले एक अर्कालाई लड्डु खुवाउँदै खुसियाली मनाएका छन् ।
भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा प्रचण्ड र नेपालले एक अर्कालाई लड्डु खुवाउँदै संसद पुनर्स्थापना भएको खुसियाली मनाएका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको विरोधमा बुधवार चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न भरतपुर पुगेका प्रचण्डले सबैलाई बधाइ र शुभकामना दिएका छन् । ‘भोलिको हाम्रो विरोध सभा अब खुशियाली सभा हुन्छ’ उनले बताए । उनले देशभरी खुशियाली मनाउन आग्रह गरेका छन् ।
साथै, उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको माग गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया