काठमाडौं – करिब दुई महिनाभन्दा लामो समयसम्म चलेको बहसपछि संसद पुनर्स्थापना गर्ने गरी सर्वोच्चको आदेश आएसँगै मिश्रीत प्रतिक्रिया आएको छ । यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्ने प्रतिक्रिया दिएका छन् । ट्वीटमार्फत् उनले ‘प्रतिनिधिसभा विघटन सम्वन्धि सर्वोच्च अदालतको फैसलावारे तर्कवितर्क गर्न सकिन्छ। तर,संविधानले संविधानको व्याख्यागर्ने अधिकार सर्वोच्च अदालतलाई दिएकोले सर्वोच्चको फैसला सबैले स्विकार गर्नुपर्छ।’ भनेका छन् ।
उनले, ‘यद्यपि मुलुकमा विद्यमान भ्रष्टाचार,कुशासन र सर्वसत्तावाद अन्त्यगर्न ताजा जनादेश उपयुक्त हो भनेका छन् ।
उनको ट्वीटमा ‘अर्जुन’ नामका एक प्रयोगकर्ताले चोटिलो सटायर गर्दै उप – प्रम दिन्छु कसैले भने भने के यो ट्वीट डिलिट होला त भन्दै हाँसेको ईमो रिट्वीट गरेका छन् ।
त्यस्तै अर्का प्रयोगकर्ता प्रतिक राज पाण्डेले अब चुनावका लागि २ वर्ष कुर्न भनेका छन् ।
सर्वोच्चको फैसलापछि ठाउँठाउँमा विजयी र्याली समेत निकालिएको छ । चितवनमा रहेका नेकपा पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालले विजय उत्सव मनाउन आह्वान गरेका छन् । केही नेताले प्रधानमन्त्रीको राजीनामा मागिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाउँदै १३ दिनभित्रै प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया