ओलीलाई झड्का भन्दै भारतीय मिडियामा समाचार !

लोकपथ
0
Shares

भारतीय सञ्चारमाध्यमले चुनावको तयारीमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई सर्वोच्च अदालतको फैसलाले नराम्रो झडका लागेको उल्लेख गरेको छ ।
जी न्यूजले आफ्नो अनलाइन संस्करणमा लेखेको छ, ‘नेपालको सर्वोच्च अदालतले मंगलबार पूर्वनिर्धारित चुनावको तयारीमा लागेका केपी ओलीलाई झड्का दिनेगरी प्रतिनिधिसभा भंगको निर्णय उल्ट्याउँदै प्रतिनिधिसभा पुनःस्थापनाको फैसला सुनाएको छ।’
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा नेतत्वको ५ सदस्सीय संवैधानिक इजलासले २७५ सदस्यीय प्रतिनिनिसभा भंग गर्ने सरकारको निर्णय उल्ट्याइदिएको हो ।
सर्वोच्चले १३ दिनभित्र संसद बैठक बोलाउन पनि आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?