प्रचण्ड–नेपाल समूहले निकाल्यो यस्तो विज्ञप्ति

लोकपथ
0
Shares

नेकपा प्रचण्ड–नेपाल समूहले अबको नयाँ परिस्थितिमा गम्भीर जिम्मेवारी बोध गर्दै नयाँ ढंगले अगाडि बढ्ने बताएको छ । सो समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापना गरेपछि एक विज्ञप्ति जारी गर्दै संविधानको प्रभावकारी कार्यान्वयन, लोकतन्त्रको उन्नत अभ्यास एवमु सुदृढीकरण, सुशासन, सामाजिक आर्थिक रुपान्तरण, सामाजिक न्यासहितको समृछि र समाजवादको आधार निर्माणलगायतका विषयमा गम्भीर आत्मसमीक्षासहित सबै लोकतान्त्रिक शक्तिहरुसँग हातेमालो गर्दै नयाँ ढंगले अघि बढ्ने प्रतिवद्धता व्यक्त गरेका हुन् ।
विज्ञप्तिमा अहिले असंवैधानिक एवम् प्रतिगामी कदम परास्त र असफल भएपनि त्यस्ता खाले षड्यन्त्र हुन सक्ने भन्दै सचेत रहन पनि अपील गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?