काठमाडौं । जर्मन क्लब बायर्न म्युनिखले च्याम्पियन्स लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित हात पारेको छ ।मंगलवार राति भएको खेलमा बायर्नले इटालियन क्लब लाजियोलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
लाजियोको मैदानमा बायर्नलाई जित दिलाउन रोबर्ट लेवान्डोस्की, जमल मुसिआला र लोरी सानेले एक एक गोल गरे ।
खेलको नवौं मिनेटमा लेवान्डोस्कीले गोल गर्दिया बायर्नलाई अग्रता दिलाएका थिए । च्याम्पियन्स लिगमा उनको यो ७२ औं गोल हो ।
२४ औं मिनेटमा १७ वर्षीय युवा खेलाडी जमलले गोल गर्दा बायर्नको अग्रता दोब्बर बन्यो । खेलको ४२ औं मिनेटमा सानेले गोल गरेपछि पहिलो हाफमा बायर्न ३-० ले अघि बढ्यो ।
खेलको ४७ औं मिनेटमा फ्रान्सिस्कोले आत्मघाती गोल गर्दा बायर्न ४-० ले अघि बढ्यो । खेलको ४९ औं मिनेटमा जोआक्विनले एक गोल फर्काएपनि बायर्न ४-१ ले विजयी भयो । जितसँगै बायर्नले क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ ।
लाजियोलाई भने दोस्रो लेगमा फराकिलो जित निकाल्नु पर्ने भएको छ ।
बायर्न र लाजियोबीचको दोस्रो लेग मार्च १७ मा बायर्नको मैदानमा हुनेछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया