काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीमा अलिकति पनि नैतिकता नभएको टिप्पणी गरेका छन् ।
आज बुधवार प्रचण्ड–नेपाल पक्षको सुदूरपश्चिम कमिटीले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रधानमन्त्रीमा अलिकति पनि नैतिकता हुन्थ्यो भने सर्वोच्चको फैसला आउने वित्तिकै राजीनामा दिनुपर्ने बताएका हुन् ।
जनताको पक्षमा सर्वोच्चले फैसला गरेको भन्दै रावलले अझै पनि केपी शर्मा ओलीले राजीनमा दिँदैनन् भने १३ दिन भित्र संसद शुरु गरेर त्यहीँबाट उनीमाथि कारबाही गरिने बताए ।
उनले सर्वोच्चले विघटन बदर गरेर नेपालको संविधान, लोकतन्त्र र जनमतको पक्षमा ऐतिहासिक फैसला गरेको पनि बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया