फ्लाईटमा भारत जाँदै हुनुहुन्छ ? थाहा पाउनुहोस् नयाँ नियम

लोकपथ
0
Shares

काठमाडौं – के तपाई भारत जाँदै हुनुहुन्छ ? यदी हो भने ‘भारतीय हेल्थ तथा फेम्ली वेलफेयर मन्त्रालय’ ल्याएको नयाँ नियम बुझेर मात्रै जानुहोला । किनकी अब भारत जाने सबै यात्रुले पीसीआर परिक्षण गरी नेगेटिभ रिजल्ट आएको रिपोर्ट अनलाइनमा अपलोड गरी मात्रै यात्रा गर्न पाउने भएका छन् ।

यसअघि पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फारम साथमा लगेर गएमा भारतले प्रवेश अनुमति दिने गरेकोमा आफ्नो नियम केहि परिवर्तन गरेर कोरोना नभएको रिपोर्ट अनलाइन अपलोड नगरी यात्रा गर्न नपाईने नियम भारतले अघि सारेको हो । बरु यसो नगरेमा भने यात्रुले यात्रा अनुमति नपाउने सो मन्त्रालयले जनाएको छ ।

अब पीसीआर रिपोर्ट र सेल्फ डिक्लिरेन्स फाराम अनलाइन अपलोड गर्नुपर्ने नियम तपाई यात्रा गर्ने हरेकले पालना गर्नुपर्छ ।

त्यसका लागि अनलाइन एयर सुविधा पोर्टलमा गएर सेल्फ डिक्लिरेन्स फारम अपलोड गर्नुपर्छ । यी दुई फाराम नयाँ दिल्लीस्थित विमानस्थलको वेबसाइटमा गएर अपलोड गर्न सकिनेछ ।

हाल नेपालबाट नेपाल एयरलाइन्स र एयर इण्डियाले भारतका लागि उडान गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?