काठमाडौं । रौतहटमा जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ परेका छन् । दुर्गाभगवती गाउँपालिका-३ बाग्मती खोलास्थित काँसघारीभित्र कौडा खेलिरहेको अवस्थामा १४ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रौतहट र ईलाका प्रहरी कार्यालय गंगापिपराबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ५ लाख १६ हजार रुपैयाँसहित पक्राउ गरेको हो ।
त्यस्तै, नवलपरासीपूर्वको देवचुली नगरपालिका-१६ बस्ने ४० वर्षीय कमल प्रसाद अधिकारीको घरमा तास खेलिरहेको अवस्थामा अधिकारी समेत ४ जनालाई मंगलवार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई २३ हजार २ सय ५० रुपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया