कहिले देलान् केपी ओलीले राजीनामा ?

लोकपथ
0
Shares

काठमाडौँ ।  परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको राजीनाबारे विभिन्न दलसँंग छलफल मात्र के गर्ने भन्नेमा निष्कर्षमा पुगिने बताएका छन् । ओली समूहको बुधबार बसेकाे स्थायी समिति बैठकपछि उनले मुुलुकलाई एउटा अन्योलमा राख्नुहुँदैन भन्ने पार्टीको भनाइ रहेको जनाउँदै प्रधानमन्त्रीले जे गर्दा देशका लागि उपयुक्त हुने हो त्यो आवश्यक परामर्शपछि गर्ने बताए ।

“२०६७ साल असारमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले राजीनामा दिँदा १७ पटक संसद्मा प्रधानमन्त्रीका लागि चुनाव गर्नुप¥यो,” उनले भने,“मुलुकलाई त्यो ढङ्गले अन्योलमा राख्नुहुँदैन । त्यसपछाडिको परिदृश्य के हुने हुने भनेर प्रष्ट नपारिकन जिम्मेवार मान्छेले त्यत्तिकै जिम्मेवारीबाट पन्छिन मिल्दैन ।”

ज्ञवालीले पार्टी एकताका पक्षमा सधैँ रहेकोसमेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?