काठमाडौं । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र दक्षिण अफ्रिकाका लागि नेपाली राजदूत डा. निर्मलकुमार विश्वकर्माले आज (बिहीवार) पद तथा गोपनीयताको सपथ लिएका छन्।
राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष राजदूतद्वय रेग्मी र विश्वकर्माले पद तथा गोपनीयताको सपथ लिएका हुन् ।
सो अवसरमा परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवाली लगायत उच्च पदस्थ अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया