काठमाडौं । कपिलवस्तुमा आफ्नै ५ बर्षिया छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन् । कपिलवस्तु प्रहरीले आफ्नै ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा बाबुलाई पक्राउ गरेको हो ।
फागुन ११ गते घरमा आमा नभएको बेला ५ बर्षिया छोरीलाई बलात्कार गरेको आरोपमा कपिलवस्तु शिवराज नगरपालिका १ दोबाटो निवासी २५ बाबु पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय चन्द्रौटाका प्रमुख प्रहरी निरक्षक दिपेश खरेलले फागुन १३ गते बालिकाकी आमाले दिएको जाहेरीको आधारमा बाबुलाई पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका पीडितका बाबुलाई अदालतबाट ५ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया