काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास सहयोग नियोग युएसएडको मानवीय सहयोग ब्युरोको सल्लाहकारमा डा. मोहन डाँगी नियुक्त भएका छन्। डाँगीले जेफर्सन साइन्स फेलोसिपबाट यो उच्च सम्मान पाएका हुन् । यो फेलोसिप कार्यक्रम अमेरिकाको विदेश विभाग तथा युएसएडको संयुक्त सहयोगमा त्यहाँको राष्ट्रिय विज्ञान , इन्जिनियरिङ तथा चिकित्सा विज्ञान प्रतिष्ठानले सञ्चालन गर्ने गरेको छ ।
अमेरिकी सरकारका लागि सल्लाहकारको गरिमामय पदमा छनौट गरिएका १४ प्रोफेसरहरूमध्य नेपाली प्रोफेसर डा. मोहन डाँगी पनि छनौट भएका हुन्। अमेरिकी विदेश विभागका लागि नीति निर्माणसम्बन्धी अध्ययनका लागि छनौट भएका डाँगीको कार्यकाल एक वर्ष रहने छ।
डाँगीले अमेरिकी सरकारका पदाधिकारीहरूलाई विज्ञानका जटिल विषयहरूमा समझदारी विकास तथा निर्णय गर्न आवश्यक हुने निर्देशन तथा सल्लाह दिने छन् ।सल्लाहकारको जिम्मेवारीमा रहेर डाँगीले फ्रेस्नो स्टेटका लागि वातावरणीय नीति प्रवन्ध तथा वातावरणीय प्रदुषणसम्बन्धी पाठ्यक्रम विकास गर्न सान्दर्भिक विषयवस्तु ल्याउन सक्ने अपेक्षा गरिएको छ ।
डाँगी पाठ्यक्रम विकास विशेषज्ञका रूपमा ख्याती प्राप्त छन्। । फ्रेस्नो राज्यमा, उनले छ वटा पाठ्यक्रमहरू बिकाश तथा पुनर्निर्माण गरेका छन् । उनले नेपालमा ईन्जिनियरिङ्ग विषयका लागि दुईवटा पाठ्यक्रम सिर्जना गर्न सहयोग गरेका छन् र साथै के–१२ नवीकरणीय ऊर्जा सम्बन्धी पाठयक्रम विकास गर्न सहयोग गरेका हुन्।
फुलब्राइट छात्रवृति पाएर पहिलो पटक आफ्नो पहिचान बनाएका डाँगीले कोलम्यान फेलोसिप पाएका थिए । सन् २००४मा वर्ष छात्रको पुरस्कार प्राप्त गर्नुका साथै सन् २००५ मा उनले नेपालमा तत्कालिन राजाबाट स्वर्ण पदक पनि पाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया