काठमाडौं । पानीको बाल्टिनमा डुबेर १ वर्षीय बालकको मृत्यु भएको छ ।
काठमाडौं महानगरपालिका १६ गंगा हल नजिक डेरा गरी बस्ने नुवाकोट ककनी गाउँपालिका ४ की सेतीमायाँ तामाङको कोठामा पाहुना आएका अजय लामाको १ वर्षीय छोरा आरुष लामाको पानीको बाल्टिनमा डुबेर हिजो शनिवार राति मृत्यु भएको हो ।
कोठामा पानीले भरीएको बाल्टिनमा डुबेर अशक्त भएका उनको कान्ती बाल अस्पताल महाराजगंजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया