काठमाडौं । साँखु घर भएकी १८ वर्षीया किशोरीले सामाजिक संजाल (फेसबुक)बाट आफुलाई काकाले बलात्कार गरेको र मलाई बचाउनुहोस् भन्दै सहयोगको याचना गरेकी छिन् । उनले आफ्नै काकाले उनलाई बलात्कार गरेको आरोप लगाएकी छिन् ।
एक वर्ष पहिले आफ्नै काकाले दुई पटक बलात्कार गरेको र कसैलाई केही भने बुबालाई मार्ने धम्की दिएको आरोप उनले लगाएकी छिन् ।बलात्कार आरोपीले उनलाई आफूसँगै फिनल्यान्ड लैजान लागेको र आफू जान नचाहेको उनले बताएकी छिन् ।
घटनाबारे प्रहरीले अनुसन्धान शुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले घटनाबारे अनुसन्धान सुरु गरिएको बताएका छन् ।
‘हामीले अनुसन्धान अगाडी बढाइसकेका छौं ।’ उनले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया