काठमाडौं । इटालियन क्लब एसी मिलानका फरवार्ड ज्लाटन इब्राहिमोबिच तीन साता मैदानबाहिर रहने भएका छन् ।
देब्रे खुट्टाको ‘थाइ इन्जुरी’को कारण इब्राहिमोबिच तीन साता मैदान बाहिर रहने भएका हुन् ।
चोट बोकेसँगै इब्राहिमोबिचले युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाईटेडविरुद्धको खेल गुमाउने भएका छन् । युरोपा लिगको अन्तिम १६ मा मिलानले युनाईटेडसँग मार्च ११ र १८ मा खेल्दैछ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया