काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित हात पारेको छ । मंगलवार राति भएको खेलमा सिटीले उल्भ्सलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको १५ औं मिनेटमा लिन्डरको आत्मघाती गोलबाट सिटीले अग्रता बनाएको थियो । खेलको ५६ औं मिनेटमा कोएडीले गोल गर्दै उल्भ्सलाई १-१ गोलको बराबरीमा फर्काए ।
तर, ८० औं मिनेटमा जिससले गोल गर्दै सिटीलाई २-१ को अग्रता दिलाए । ९० औं मिनेटमा महरेजले गोल गर्दा सिटीको अग्रता ३-१ को पुग्यो ।
त्यसपछि खेलको इन्न्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई ४-१ को जित दिलाए । यससँगै सिटीले सबै खाले प्रतियोगितामा गरि लगातार २१ औं जित हात पारेको छ ।
जितसँगै सिटीले लिगमा दोस्रो स्थानको म्यानचेस्टर युनाईटेडविरुद्ध १५ अंकको अग्रता समेत बनाएको छ । सिटीले २७ खेलमा ६५ अंक जोडेको छ ।
२६ खेलमा युनाईटेडको ५० अंक रहेको छ । उल्भ्स ३४ अंक जोडेर १२ औं स्थानमा रहेको छ ।
- एजेन्सी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया