काठमाडौं । सभामुख अग्नि सापकोटाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्। उनले नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा पुगेर (आज) बुधवार खोप लगाएका हुन्।
खोप लगाएपछि सभामुख सापकोटा आराम कक्षमा आराम गरिरहेका छन् ।
आज (बुधवार) सांसदहरुलाई कोरोना भाइरसविरुद्धको खोप लगाइँदैछ ।
बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्रम रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया