काठमाडौं । जीपको ठक्करबाट मृत्यु भएकी १९ वर्षीया अञ्जु दाहालको दोषीलाई कारबाहीको माग गर्दै विद्यार्थीले सडक अवरुद्ध गरेका छन् ।
अञ्जुको मृत्यु भएपछि कोटेश्वर मल्टिपल क्याम्पसका विद्यार्थीले बुधवार जावलाखेलमा सडक अवरुद्ध पारेका हुन् । दोषीलाई कारबाही गर्नुपर्ने माग राख्दै उनीहरुले सडक अवरुद्ध गरेका छन् ।
बिहान सवा ५ बजे कलेज जाने क्रममा बाटो पार गर्दै गरेकी दाहाललाई स १ज ५६७ नम्बरको जिपले ठक्कर दिएको थियो । दुर्घटनालगत्तै पाटन अस्पताल लगिएकी उनको अस्पतालमै मृत्यु भएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया