नजिकियो महाशिवरात्री : पशुपति आइपुगे ३०० साधु, चहलपहल बढ्दै

लोकपथ
0
Shares

काठमाडौं – महाशिवरात्री नजिकिदै छ । पशुपतिनाथ मन्दिरमा महाशिवरात्रीकोे चहलपहल ह्वात्तै बढेको छ। कोरोना संक्रमणको जोखिम बढेपछि गतवर्ष चैतदेखि बन्द भएको पशुपतिनाथ मन्दिरमा गरिने विशेष पूजा फागुन २५ गतेदेखि पुनः शुरु हुने समेत पशुपति विकास कोषले जनाएको छ ।

यसैबीच भारतबाट साधुसन्त र दर्शनार्थी धमाधम नेपाल भित्रिँदै छन् । शिवरात्रीका लागि भारतबाट ३०० साधुसन्त आइसकेका छन् भने दुई हजारभन्दा बढी साधुसन्त आउने तयारीमा रहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तर कोरोना कहर कम भएपनि नघटेका कारण तुलनात्मक रुपमा दर्शनार्थीहरु घट्ने कोषको अनुमान छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?