विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजको विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बिहीवारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक दरअनुसार आज अमेरिकी डलर एकको खरिददर ११६ रुपैयाँ ४ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६४ पैसा तोकिएको छ ।

यसैगरी आज युरोपियन युरो एकको खरिददर १४० रुपैयाँ २७ पैसा र बिक्रीदर १४० रुपैयाँ ९९ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर १६२ रुपैयाँ १९ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३ पैसा तथा अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ७४ पैसा र बिक्रीदर ९१ रुपैयाँ २१ पैसा कायम भइ कारोबार भइरहेको छ ।

यस्तै आज जापानी यन १० को खरिददर १० रुपैयाँ ८५ पैसा र बिक्रीदर १० रुपैयाँ ९१ पैसा तथा कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?