अपडेट : सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो

लोकपथ
0
Shares

काठमाडौं – सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ ।

तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज (बिहीवार) विहान सरकारी टोली र विप्लव समूहबीच भएको तेस्रो चरणको वार्ताले यो निष्कर्ष निकालेको हो ।

No description available.

यसअघि हिजो सरकार र सो समूहबीच पहिलो र दोस्रो चरणको वार्ता बालुवाटारमा भएको थियो ।

यसअघि हिजो (बुधवार) भएको पहिलो र दोस्रो चरणको वार्ता सकारात्मक दिशातर्फ उन्मुख भएको उल्लेख गर्दै सैद्धान्तिक र प्राविधिक विषय सहमति नजिक पुगेको र केही विषयमा छलफल जारी गरेको गृहमन्त्री रामबहादुर थापा थापाले बताएका थिए ।

सहमतीको वृस्तित विवरण यहि फागुन २१ गते भोली शुक्रवार दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने बताईएको छ ।

उक्त समारोहका बीच नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ ।

सरकारको तर्फबाट गृहमन्त्री थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराई र विप्लव समूहको तर्फबाट प्रवक्ता खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दिपक’ ले वार्ताको नेतृत्व गरेका थिए ।

वि.सं २०६९ असार ३ गते विप्लव, गृह मन्त्री रामबहादुर ‘बादल’, मोहन वैद्यले तत्कालीन प्रचण्ड नेतृत्वको माओवादीबाट अलग्गिएर नेकपा–माओवादी गठन गरेका थिए । वि.सं २०७१ मंसिरमा फेरि नेकपा–माओवादी पनि विभाजन भएपछि वैद्य र बादललाई छाडेर विप्लवले छुट्टै पार्टी गठन गरेका थिए भने बादल फेरि प्रचण्ड नेतृत्वकै पार्टीमा फर्किएका थिए ।

सर्वसाधरणको ज्यान नै जाने गरी बम विस्फोट गरेको र चन्दा मागेर त्रास सिर्जना गरेको भन्दै वि.सं २०७५ साल फागुन २८ मंगलवार साँझ बसेको मन्त्रिपरिषदको बैठकले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माथि प्रतिबन्ध लगाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?