काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सार्वजनिक हुने भएका छन् । सरकार र विप्लव समूहबीच तीनबुँदे सहमति भएपछि उनी सार्वजनिक हुन लागेका हुन् ।
भोलि दिउँसो २ बजे हुने विशेष समारोहलाई प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवले सम्बधोन गर्नेछन् ।
अपडेट : सरकार र विप्लव नेतृत्वको नेकपाबीच ३ बुँदे सहमति जुट्यो
सरकार र नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीबीच ३ बुँदे सहमति भएको छ ।
तीन चरणमा भएको वार्तामा सरकार र विप्लव समूहबीच विप्लव समूहमाथिको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई, मुद्धा खारेजी लगायतका विषयमा सहमती जुटेसँगै वार्ता सकारात्मक बनेको हो ।
यसअघि हिजो सरकार र सो समूहबीच पहिलो र दोस्रो चरणको वार्ता बालुवाटारमा भएको थियो । सहमतीको वृस्तित विवरण यहि फागुन २१ गते भोली (शुक्रवार) दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने बताईएको छ ।
उक्त समारोहका बीच नेपाल सरकारको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहका महासचिव नेत्र विक्रम चन्द विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया