यसपटक मल अभाव हुँदैन ढुक्क रहनुहोस् : मन्त्री अर्याल

लोकपथ
0
Shares

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्मा अर्यालले यसपटक मल अभाव नहुने कुरामा ढुक्क रहेको बताए ।

गत वर्ष जति मल वितरण भएको थियो त्यति मल चालु आर्थिक वर्षमा अहिलेसम्ममा गरिसकेको दावी गर्दै उनले हाल ३ लाख ६९ हजार मल स्टक रहेको उनले दावी गरिन् ।

१ लाख मेट्रिक टन मल वितरण भइसकेको बताउँदै मन्त्री अर्यालले २ लाख ७२ हजार मेट्रिक टन मल स्टकमा‌रहेको र २ लाख ६९ हजार बाटोमा आइ रहेका र त्यो आउने निश्चित रहेको बताइन् ।

यसपाली पनि मलको अभाव हुन्छ कि भनि चिन्ता थियो तर आजसम्मको स्टक हेर्दा ढुक्क रहने अवस्था रहेको उनले दावी गरिन् । उनले अगामी वर्षदेखि रसायनिक मलको कारखाना खोल्ने प्रकृया शुरु हुने पनि दावी गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?