‘बाँकी दुई वर्ष पनि ओलीकै नेतृत्व’

लोकपथ
0
Shares

बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णुप्रसाद पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा संसद्मा बहुमत रहेको बताएका छन् । उनले बाँकी दुई वर्ष पनि ओली नेतृत्वकै सरकार निरन्तर चल्ने बताए ।

गृहजिल्ला रुपन्देहीमा बिहीबार विभिन्न कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टीको सरकार ढालेर प्रचण्ड र माधव नेपालहरू कम्युनिस्ट इतरको सरकार बनाउन लागिरहेको भन्दै त्यस्तो प्रयास निरर्थक हुने बताए ।

सञ्चारकर्मीहरूसँंगको कुराकानीमा उनले सरकार ढाल्ने र पार्टी विभाजन गर्न कसैले साथ नदिने स्पष्ट गर्दै नेकपाको सरकार ढालेर इतर सरकार बनाउने कुरामा कोही मतिहार नहुने बताए । गोरखापत्रमा खबर छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?