काठमाडौं । प्रधानमन्त्री आमन्त्रण महिला भलिबल प्रतियोगिताको सातौं संस्करण आजदेखि शुरु हुँदैछ ।
बाँके जिल्ला भलिबल संघको आयोजनामा फागुन २१ देखि २५ गते सम्म नेपालगन्ज रंगशालाको कभर्ड हलमा सञ्चालन हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छ ।
तीन विभागीय टोली नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब सहित होगांजी न्यू डायमण्ड क्लबले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् । साथै स्थानीय टोली लुम्बिनी युनाइटेडले पनि यसपटक चर्चित क्लबहरुसँग प्रतिस्पर्धा गर्नेछ ।
प्रतियोगिताको विजेताले उपाधिसहित ५ लाख रुपैयाँ प्राप्त गर्नेछ । त्यस्तै दोस्रो टोलीलाई २ लाख, तेस्रोलाई १ लाख र चौथो हुने टोलीलाई ५० हजार रुपैयाँ प्रदान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया