प्रचण्ड-नेपाल पक्षीय संसदीय दलको बैठक : प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव बारे छलफल हुने

लोकपथ
0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल पक्षको संसदीय दलको बैठक बस्दै छ । आज (शुक्रवार) दिउसो १ बजे सिंहदरबारमा दलको बैठक बस्न लागेको हो ।

संसदीय दलको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्धको अविश्वास प्रस्तावबारे छलफल हुने बताइएको छ । यसअघि नै अविश्वास प्रस्ताव दर्ता गरेपनि उक्त प्रस्ताव अघि बढाउने वा फिर्ता लिएर अर्को प्रक्रियामा जाने भन्ने विषयमा समेत छलफल हुने प्रचण्ड-नेपाल पक्षीय नेताहरुले बताएका छन् ।

त्यस्तै, नेपाली कांग्रेस संसदीय दलको बैठक पनि आजै दिउसो १ बजे बस्दैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?