वार्ता टोलीका सदस्य दिपकले के भने सरकार र विप्लव समूहको हस्ताक्षर समारोहमा ?

लोकपथ
0
Shares

काठमाडौं – सरकार र नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै विप्लव समूहका तर्फबाट गठित वार्ता टोलीका सदस्य दिपक चलाउनेले यो ऐतिहासिक दिनको साक्षी भएकोमा सबैलाई बधाई दिँदै आजको दिन इतिहासमा दर्ज हुने बताएका छन् ।

सरकार र सो समूहबीच भएको सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा राष्ट्रिय सभा गृहमा पुगेका सबैलाई स्वागत गर्दै उनले भने, “आजको दिनले नेपालको इतिहासमा योगदान गर्नेछ । यो योगदान विगत इतिहासको समिक्षासहितको राजनीतिक आन्दोलनको समिक्षासहितको नेपाली जनताले नेपालको स्वाभिमानी माटोले जुन प्रकारको अपेक्षा गरिरहेको छ सोलाई सम्बोधन गर्नेगरी नेपालको अग्रगमनसहित शान्ति र स्थिरताको प्रयास सरकार र हाम्रो पार्टीको कार्यक्रममा ऐतिहासिक दिनको साक्षीको रुपमा हुनेछ।”

विप्लव समूहबाट प्रवक्ता समेत रहेका खड्ग बहादुर विश्वकर्मा ‘प्रकाण्ड’ र उदय चलाउने ‘दिपक’ ले वार्ताको नेतृत्व गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?