काठमाडौं । रुपन्देही मोतीपुरमा अर्थमन्त्री विष्णु पौडेलमाथि स्थानीयवासीले आक्रमण गरेका छन् । मोतिपुर औधोगिक करिडोरको शिलान्यास गर्न रुपन्देही पुगेका पौडेलमाथि स्थानीयवासीले आक्रमण गरेका हुन् ।
शिलान्यास कार्यक्रम पछि मञ्चमा अर्थमन्त्री पौडेलले भाषण दिँदै गर्दा स्थानीयले मञ्चमै आक्रमण गरेका हुन् । भाषण गरिरहँदा स्थानीयले माइकको लाइन काटिदिएपछि पौडेल बीचमै सम्बोधन छाडेर निस्केका छन् । अर्थमन्त्री पौडेलमाथि ढुंगा प्रहार पछि स्थानीय र प्रहरीबीच झडप भएको थियो ।
झण्डै ३ सय घर परिवार प्रभावित हुनेगरी निर्माण गर्नलागिएको भन्दै स्थानीयले चर्को विरोध जनाएका हुन् । स्थानीयको जग्गा जबरजस्ती हडपेर औद्योगिक क्षेत्र बनाउन लागिएको भन्दै स्थानीयले विरोध गरेको हुन् ।
उक्त क्षेत्र अहिले तनावग्रस्त भएको छ । प्रहरीले कडा सुरक्षा दिएको छ । स्थानीय र प्रहरी दुवै घाइते भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया