आइतबार अपराह्न ४ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकको दैनिक कार्यसूची (एजेण्डा)सार्वजनिक गरिएको छ ।
संघीय संसद्का महासचिव डा भरतराज गौतमका अनुसार बैठक सुरु हुनेत्तिकै सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनेछन् ।
यस्तै राष्ट्रपतिको कार्यालयबाट मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरुको व्यहोरा पनि सभामुखले सुनाउनेछन् भने त्यसपछि प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन सभामुखले गर्ने कार्यसूचि पनि राखिएको छ ।
त्यसपछि विभिन्न अध्यादेशहरु सदनमा पेश हुनेछ भने सांसद तथा पूर्वसांसदहरुको निधनमा शोक प्रस्ताव सभामुखले प्रस्तुत गर्ने पनि कार्यसूचीमा उल्लेख छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया