काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का पुष्पकमल दाहाल ‘प्रचण्ड’ माधव कुमार नेपाल पक्षले संसद सचिवालयमा आधिकारीक दल आफूहरू भएको लिखित जानकारी गराउन संसद सचिवालयमा गएका छन् ।
आज (आइतबार) संघीय संसद सचिवालय पुगेर सो समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाललगायतका सांसदले आफूहरू आधिकारिक भएको लिखित जानकारी लिई संसद सचिवालयका महासचिव भरतराज गौतमलाइ बुझाएका हुन् । पार्टी संसदीय दलको शुक्रवार बसेको बैठकका निर्णयबारे जानकारी गराउन दाहाल, नेपाल, नेता भीम रावल, राम कार्की, रामकुमारी झाँक्रीलगायत संसद सचिवालयमा गएका हुन् ।
दाहाल – नेपाल समूहले सभामुखसँग सल्लाह गरे
यसैबीच दाहाल – नेपाल समूहले संसदीय दलको नेता परिवर्तनबारे बहुमत सदस्यले गरेको निर्णयका बारेमा सभामुख अग्नि सापकोटालाई जानकारी गराएका छन् तर बैठकमा आज प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बारेमा कुनै निर्णय भएको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया