काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव पक्षले दलको नेता परिर्वतन भएको सूचना संघीय संसद सचिवालयमा दर्ता गराएको छ ।
आज (आइतवार) संसदको अधिवेशन शुरु हुनुपुर्व प्रचण्ड माधव समूहले दलको नेतामा पुष्पकमल दाहाललाई चयन गरिएको सूचना सविचालयमा दर्ता गराएको हो ।
१ सय १२ जनाको हस्ताक्षर सहित दलको नेता र्निविरोध निर्वाचित गरिएको व्यहोराको पत्र दर्ता गराईएको नेता रामनारायण विडारीले जानकारी दिए । पत्रमा मुख्य सचेतकमा देव गुरुङ्गलाई यथावत राखिएको र उपनेता सुवास नेम्वाङ्गलाई पनि उपनेताबाट निलम्बन गरिएको जनाईएको छ ।
दलको नेता परिर्वतनको सूचना दर्ता गरेपछि संचारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिदै नेता विडारीले सबै १ सय १२ जना हस्ताक्षरकर्ता सांसदहरु समेतको उपस्थितिमा दलको नेता परिर्वतन भएको सुचना दर्ता गरिएको जानकारी दिए ।
त्यसअघि अध्यक्ष पुष्पकमल दाहाल, अर्का अध्यक्ष माधव नेपाल र वरिष्ठ नेता झलनाथ खनाल सहितका नेताहरुले महासचिव डाक्टर भरत गौतमलाई भेटी दलको नेता परिर्वतन भएको जानकारी गराएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया