काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा भीम रावलले सोधेको प्रश्नको उत्तर दिएका छन् ।
रावलले आइतवार संसदमा तपाईं कुन पार्टीको प्रधानमन्त्री भनेर सोधेको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले सर्वोच्चलाई नै सोध्नुहोस् भनेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रज्ञा प्रतिष्ठानमा आयोजित समारोहमा बोल्दै प्रधानमन्त्री ओलीले भने ‘हुँदा हुँदा कुन पार्टीको प्रधानमन्त्री हो जानकारी पाउँ। सर्वोच्च अदालतमै जानुस् सोध्न,’।
अदालतले कुन पार्टीको प्रधानमन्त्री भनेर निर्क्यौल गरिसकेको छ । मैले सोध्न नपरोस् तपाई कुन पार्टीको हो ? ओलीले भने।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया