काठमाडौं – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन्।
सर्वोच्च अदालतको फैसलाले नेकपा एकीकरण पूर्वकै अवस्थामा पुर्याएपछिको रणनीतिबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बस्न लागेको हो ।
आजै पार्टी केन्द्रीय कार्यालयको बोर्ड समेत फेरिने नेताहरुले बताएका छन् ।
यसैबीच माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ टोपबहदुर रायमाझी, मणि थापा, लेखराज भट्ट र प्रभु शाह ओली पक्षमा लागेका छन्। आज बस्न लागेको बैठकले उनीहरुलाई पार्टीमा बोलाउने वा कारबाही गर्नेबारे पनि निर्णय गर्ने बताइएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया