एसईई परीक्षा मिति सार्वजनिकः जेठ १३ गतेदेखि २४ गतेसम्म

काठमाडौं । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी जेठ १३ गतेदेखि शुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार वि.सं २०७७ सालको एसईई २०७८ जेठ १३ गतेदेखि २४ गतेसम्म सञ्चालन हुने भएको हो ।

यसपालिको एसईई भने राष्ट्रिय परीक्षा बोर्डले नै लिने मन्त्रिपरिषद्को बैठकले निर्धारण गरेको छ । गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकमा गरिएको निर्णयमा ‘विद्यालय शिक्षाको शैक्षिक सत्र तथा वार्षिक परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने सम्बन्धमा माध्यमिक शिक्षा (कक्षा १०) को एसईई परीक्षा सम्बन्धमा प्रदेश सरकारसँग आवश्यक सहकार्य गरी राष्ट्रिय परीक्षा बोर्डले साविक बमोजिम परीक्षा सञ्चालन, व्यवस्थापन, नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने प्रबन्ध मिलाउने’उल्लेख गरिएको छ ।

गत वर्ष कोभिड–१९ को महामारीका कारण विद्यालयहरूले गरेको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरी एसईईको नतिजा प्रकाशित गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?